नेपाल मेडिकल काउन्सिलद्वारा डा. दिलजान मन्सुरकाे उपचार विधि अवैज्ञानिक रहेको ठहर

नेपाल मेडिकल काउन्सिलद्वारा डा. दिलजान मन्सुरकाे उपचार विधि अवैज्ञानिक रहेको ठहर



काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गरेको छ । उपचारका लागि आएका सबै बिरामीलाई एकै प्रकारको डाइट प्लान दिनु सरासर अवैज्ञानिक रहेको नेपाल मेडिकल काउन्सिलको साउन २६ गते बसेको बैठकले ठहर गरेको हो ।

डा. मन्सुरले काठमाडौंको मैतिदेवीमा सञ्चालन गर्दै आएको एफडीएच नामक क्लिनिकमा गैरव्यवसायिक ढंगले उपचार गर्ने गरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो । डा. मन्सुरको उपचार विधिले स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बिरामीहरुले गुनासो गर्दै आएका थिए ।

काउन्सिलले गैरवैज्ञानिक उपचार विधि तत्काल रोक्न, बिरामीलाई सामूहिक नभई व्यक्तिगत रुपमा परामर्श र उपचार गर्ने तथा बिरामीलाई दिइएका सम्पूर्ण निर्देशनहरु अनिवार्य अभिलेखीकरण गर्न पनि निर्देशन दिएको छ ।