सदन अवरोध खुलाउन सभामुखले आज पनि छलफल गर्दै

सदन अवरोध खुलाउन सभामुखले आज पनि छलफल गर्दै



काठमाडौं । सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले आज पनि छलफल गर्दैछन् । 

झन्डै एक महिनादेखि संसद अवरोध भएपछि सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बैठक ११ बजे बोलाईएको छ ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।

सुन प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरुद्ध गरिरहेको छ । सभामुख घिमिरेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।