संसद् चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

संसद् चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे ।

देश र जनताको कुरा भएकाले संसद् बैठक छिटोभन्दा छिटो सुचारु गराउनुपर्ने नेता कोइरालाको भनाइ छ । उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद् बैठक भने सुचारु गराउनुपर्ने बताए ।

नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने दोहोर्‍याए ।