भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा कागेश्वरी मनोहरा–१ मा वृक्षरोपण

भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा कागेश्वरी मनोहरा–१ मा वृक्षरोपण


ग्लोब नेपाल
594
Shares

काठमाडौं । कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वृक्षरोपण कार्यक्रम गरेको छ । संगठनले शनिबार कागेश्वरी धाम र वर पिपल उद्यानमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वर पिपल बृहत बृक्षारोपण कार्यक्रममा गरेको हो ।

संगठनले बर, अमला, अम्बा, जकरण्डा, धूपी, कपूर, समीलगायत विरुवा रोपेको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य कृष्ण राईले बर पिपल रोपण कार्यमा सहभागी गराएकोमा संगठनलाई धन्यवाद दिँदै विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरणमा वृक्षरोपणले सहयोग पुर्याउने बताए । कागेश्वरी मनोहरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनले बताए ।

त्यसैगरी नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री रामेश्वर फुयालले सुनौला कागको शालिक रहेको बताउँदै पर्यटकीय पूर्वाधारका लागि आवश्यक होटल पनि रहेको बताए । कागेश्वरीमा काग बनाउने परियोजनाकार नै फुयाल हुन् । देशमा भ्रष्टाचारले जरो गाडेको बताउँदै भ्रष्टाचार निराकरणका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने उनको भनाइ छ ।

देश विकासका लागि भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सबैलाई नेकपा एमालेको झण्डामुनि गोलबद्ध भइदिन आग्रह गरे । पढाइलाई प्राथमिकता दिन अनुरोध गर्दै प्राविधिक शिक्षा लिन उनको अनुरोध छ ।

संगठनका उपाध्यक्ष रवीन्द्र पण्डितले भूतपूर्व सैनिक तथा प्रहरी समाज सुधारका लागि नेकपा एमालेको झण्डामुनि आवद्ध भएको बताए । वृक्षरोपण मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै कागेश्वरी क्षेत्रमा मात्रै नभई संगठनले अन्य क्षेत्रमा पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

वडासदस्य प्रेमकुमार लामाले बोलेरभन्दा पनि काम गरेर देखाउने बताए । आफूहरुले जनताको भावनाअनुरुप नै काम गरिरहेको उनले बताए । कार्यक्रममा मणिराम फुयाल र रामचन्द्र ढुंगानालगायत नेताको उपस्थिति रहेको थियो ।