राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसद्काे जारी अवरोध नखुलेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको थियाे ।

त्यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए । तर त्यो छलफल पनि विना निष्कर्ष टुंगिएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान राख्दै आएकाे छ ।