एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमान राख्न सफल भए बोधदिप तिमल्सिना

एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमान राख्न सफल भए बोधदिप तिमल्सिना



बारा । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन् । भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन् । 

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आबद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए । 

नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ । केही बिमा संचालकका अनुसार यो परिणाममा भएको बिमा नेपालमा मात्र नभई विश्वमानै पहिले इतिहास हुन सक्ने अनुमान गरेका छन् । 

यता तिमल्सिना र उनका टिमले यो सफलतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउनका निम्ति पहल सुरु गरेको बताइएको छ ।