काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि परेका उजुरीमाथि उजुरीकर्तासँगको छलफल सकेर सुनुवाइ सुरु भएको छ । सिंहदरवारस्थित संसदीय समितिको हलमा उजुरीकर्तासँगको छलफललगत्तै सुनुवाइ सुरु भएको हो ।
संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो । १० दिनमा श्रेष्ठको सम्बन्धमा ३ उजुरी परेकोमा एउटा उजुरी सैद्धान्तिक र दुई उजुरी प्रस्तावित व्यक्तिविरुद्ध परेका थिए ।
अहिले समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिसकेपछि समितिले सुनुवाइ प्रक्रिया टुंग्याउन लागेको छ ।
प्रतिक्रिया