कोशी प्रदेशसभा : मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय

कोशी प्रदेशसभा : मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

उपसभामुखले आह्वान गरेको बैठक अरुले स्थगित गर्न नमिल्ने भएकाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको हाे ।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको आङ्बोले बताए । प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।