विराटनगर । प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।
उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो ।
बैठकको अध्यक्षता गरेका मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए । प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरी प्रश्न उठेको छ । अब यसबारे फेरिअदालतमा मुद्दा पर्ने संभावना छ ।
अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले रोष्ट्रममा भेला भई नाराबाजी गरेका थियाे ।
उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए ।
प्रतिक्रिया