काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समितिमा सदस्यहरु मनोनयन र केन्द्रीय निर्वाचन समितिमा संयोजक नियुक्त गरेका छन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य श्री आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति” को सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा निवर्तमान महान्यायधिवक्ता, केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य एवं अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेका छन् ।
प्रतिक्रिया