नेपालले आज कुवेतसँग खेल्दै

नेपालले आज कुवेतसँग खेल्दै


ग्लोब नेपाल
621
Shares

काठमाडौं । मलेसियामा जारी चार देशीय टी–२० शृंखला अन्तर्गत आज नेपाली महिला क्रिकेट टिमले कुवतेको सामना गर्दैछ । मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मंगलबार सम्पन्न खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित हात पारेको थियो ।

नेपाललाई जित दिलाउन सीता रानामगरले टि-२० आईमा अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत प्रर्दशन गर्दै चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिइन् । पूजा महतोले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेकै खेलमा ब्याट र बल दुवैबाट राम्रो सहयोगी भूमिका खेलिन् । उनले १ विकेट हात पार्दा १६ रन जोडिन् । सम्झना खड्काले अविजित ३६ रनको योगदान दिएकी थिइन् । दुवै युवा खेलाडी सम्झना र पूजाको साझेदारीले नेपालको जितको आधार तय गरेको थियो । आजको खेलमा पनि यो जोडीको भूमिका महत्वपूर्ण हुने छ ।