काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अवैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउँदै छ । संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा आज मुद्दा दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् । ‘हाम्रो कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैँछौं’ उनले भने ।
यसअघि पनि तत्कालीन सभामुख बाबुराम गौतमको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भएपछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भएपछि सर्वोच्च अदालतले त्यस मान्यतालाई खारेज गरेको थियो ।
पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिदाँ सभाध्यक्षको मतसमेत जोडेपछि एमालेले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।
प्रतिक्रिया