मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालू तेश्रो अधिवेशन गएराती १२ बजे देखि अन्त्य गरेका छन् ।
कोशी प्रदेशको मंत्रीपरिषद बैठकको सिफारिशका आधारमा संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
भाद्र ६ गते बसेको प्रदेश सभाको बैठक विपक्षी दलहरु एमाले र राप्रपाका सांसदहरुले वहिष्कार गरेपछि अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको थियो ।
प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गरिए संगै कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेट चालू अधिवेशनमा नै स्वीकृत भएको थियो ।
भाद्र १० गते भित्र प्रतिस्थापन विधेयक नल्याए कोशी प्रदेशमा बजेट होलिडे हुने सम्भावना विद्यमान छ । सत्तारुढ र विपक्षी दलहरु बीच प्रदेश सरकारको बहुमत बारे विवाद शुरु भएकाले अध्यादेशबाट पुनः बजेट ल्याउने सम्भावना बढेको छ ।
प्रतिक्रिया