काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले पार्टी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेकी छन् ।
सचिव झाँक्रीले पार्टीमा नेतृत्वकै कारण एमालेमाभन्दा बढी गुटबन्दी रहेको उल्लेख गरिन् । उनले अन्तरविरोधलाई समाधान गरेर गुटबन्दी अन्त्य नगरे अस्तित्व रक्षाको संकट आउने चेतावनी दिएकी छन् ।
सचिव झाँक्री पार्टी नेतृत्वसँग असन्तुष्ट हुँदै आएकी छन् । उनी अध्यक्ष माधवकुमार नेपालकै कार्यशैली कमजोर रहेको बताउँने नेतामा पर्छन् ।
एमालेमै फर्किने मूडमा रहेकी झाँक्री कतिपय पार्टी बैठकमै अनुपस्थित हुने गरेकी छन् । जारी केन्द्रीय कमिटी बैठकमा भने झाँक्री उपस्थित भएकी छन् ।


प्रतिक्रिया