यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु



काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र मातहतमा सञ्चालित आयोजनाहरूका लागि एकैपटक ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार र गत मंगलबार बसेको बैठकले सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसहित विभिन्न मन्त्रालयमा गरी ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगमातहतका निकायमा ७४ अस्थायी दरबन्द सिर्जना गर्न स्वीकृति दिएको छ भने सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहरी आयोजना लगायतका निकायमा राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ भने राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले गृह मन्त्रालयको प्रस्तावमा उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० स्वीकृत गरेको छ ।

निर्णयहरु :