अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा फुल्टन कारागारमा आत्मसमर्पण

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा फुल्टन कारागारमा आत्मसमर्पण

धरौटी रकम बुझाइ रिहा


ग्लोब नेपाल
216
Shares

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया फुल्टन कारागारमा आत्मसमर्पण गर्नुभएको छ । कडा सुरक्षाका बीच उहाँले कारागारमा उपस्थित भई हुलिया अभिलेख गराएका हुन् ।

अभियुक्त दर्ता प्रक्रिया सम्पन्न गरी करिव २० मिनेटमै उनी रिहा भएको फुल्टन काउन्टी न्यायाधिवक्ता प्याट्रिक लबटले जानकारी दिए ।

तोकिएको २ लाख डलरको १० प्रतिशत धरौटी रकम बुझाइ उनी रिहा भएको सीएनएनले जनाएको छ । रिहा लगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफू निर्दोष रहेको जिकिर गरे ।

उनीविरुद्द सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियाको नतिजा उल्ट्याउने लगायत १ दर्जन बढी अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्प र अन्य १८ जना अभियुक्तहरुलाई कारागार समक्ष आत्मसमर्पण गर्न शुक्रबारसम्मको समय दिइएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले यसअघि विभिन्न ३ ठाउँमा पनि अभियुक्त दर्ता गराइसकेका छन् । उनी विरुद्ध दर्ता भएका सबै मुद्दाको कानुनी प्रक्रिया केही महिनामा सुरु हुने जनाइएको छ ।