सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट

सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) लागू हुने भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आजदेखि यो प्रणाली शुरु गर्न लागेको जानकारी दिए ।

यो प्रणाली लागु भएसँगै अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् । अहिले परीक्षणका रूपमा सर्वोच्च अदालतमा सुरु गरिएको हो ।