सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् । एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

एसिया कप–२०२३ का लागि पाकिस्थान प्रस्थान गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।