गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडाैं । केही नेपाल ऐनलाई संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । र, सभामुख देवराज घिमिरेले निर्णायर्थ प्रस्तुत गर्न लागेपछि रास्वपाकी सांसद सुमना श्रेष्ठले गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति जनाइन् ।

त्यसपछि एमालेका दामोदर भण्डारीले पनि गणपूरक संख्या नपुग्ने बताए । सभामुख घिमिरेले ३ मिनेट घण्टी बजाई सांसदहरुको संख्या यकीन गर्दा गणपूरक संख्या नपुगेको पाइएको थियो । संविधानको धारा ९४ मा प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । अर्थात् २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्न ६९ जना सांसदहरु उपस्थित हुनुपर्छ । अन्तिममा ५९ संसदमात्र उपस्थित भएपछि थप कार्यसूची अगाडि बढ्न सकेन ।

सभामुख घिमिरेले संसद बैठक १८ भदौसम्मका लागि स्थगित गरेका छन् ।