परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूत सङबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूत सङबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालको लागि चिनिया राजदूत छन सङबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको बारेमा कुरा भएको छ ।

प्रधानमन्त्री प्रचण्ड असोज ४ मा चीन भ्रमणमा जाँदै छन् । उनी भदौ ३० गते संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुन अमेरिका जाने र उतैबाट चीन जाने तय भएको छ । भेटमा बीआरआई लगायतका अन्य विषयमा सम्झौता हुनेछ ।

यसैबीच आजै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड नेपाल आइपुगेका छन् । बुधबारबाट एमसीसी औपचारिक रुपमा कार्यान्वयन हुँदैछ । यसबीचमा परराष्ट्र मन्त्री र चिनियाँ राजदूतको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।