नगर प्रमुख चौधरीका बुबाको करेन्ट लागेर मृत्यु

नगर प्रमुख चौधरीका बुबाको करेन्ट लागेर मृत्यु


ग्लोब नेपाल
54
Shares

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुबाको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । नगर प्रमुखका बुबा ७२ वर्षीय जनकलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट उनलाई करेन्ट लागेको थियो । बेहोस भएका चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।