रियाद । पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, साडियो माने र रियाद महरेजको गोलमा अल नासरले साउदी प्रो लिगमा अल–शबाबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
केएसयू फुटबल फिल्ड रियादमा गएराति भएको खेलमा रोनाल्डोले २ वटा पेनाल्टी गोल गर्दा माने र महरेजले १–१ थपे । रोनाल्डोले खेलको १३ औं र ३८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
४० औँ मिनेटमा रोनाल्डोको सेट अपमा मानेले हडरमार्फत गोल गर्दै अल नासरलाई ३–० ले अघि बढाए । ८० औं मिनेटमा एलन सेन्ट–म्याक्सिमिनलको पासमा महरेजले गोल गरे । खेलको ७८ औं मिनेटमा इभर बेनेगालाई रातो कार्ड देखाईपछि अल–शबाब १० खेलाडीमा सीमित भयो । अल नासरले तेस्रो पटक पेनाल्टीको अवसर पाएपनि अब्दुल रहमान घारिब चुके । तथापि अल नासरले ४–० सानदार जित दर्ता गर्यो ।
जितसँगै अल नासर ४ खेलबाट ६ अंकसहित लिगको छैटौं स्थानमा उक्लिएको छ । जितविहीन अल–शबाब समान खेलमा २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
लिगको अर्को खेलमा अल–अहली साउदीले अल–ताईलाई २–० ले पराजित गरेको छ । लिगको दोस्रो स्थानमा रहेको अल–अहलीका लागि रियाद महरेज र फ्रान्क केसीले गोल गरे ।
प्रतिक्रिया