काठमाडौं । कांग्रेस नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई भेटेका छन् ।
बुधबार सुन्धारास्थित केन्द्रीय कारागार पुगेर कोइरालाले खाँणलाई भेटेका हुन् । केही दिनअघि कांग्रेस नेता डा. शेखर कोइरालाले पनि खाँणलाई भेटेका थिए ।
कोइराला र खाँणबीच पार्टीभित्रको आन्तरिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । खाँण कांग्रेसको आन्तरिक समीकरणमा प्रभाव राख्ने नेता हुन् ।


प्रतिक्रिया