काठमाडौं । सरकारले नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ । भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त स्वीकृति दिइएको बताइन् ।
त्यस्तै, बैठकले सहकारी क्षेत्र सुझाव कार्यदल, २०८० को म्याद भदौ २६ गतेबाट लागु हुनेगरी एक महिना थप गर्ने निर्णय गरेको छ । अरुण ३ जलविद्युत परियोजना निर्माणको क्रममा उत्पादन हुने वेस्ट म्याटर डिस्पोजलाका लागि डम्पिङ क्षेत्र क्वरी साइटको संरचना निर्माण गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया