एमसीसी कार्यान्वयनविरुद्ध विप्लव सडकमा

एमसीसी कार्यान्वयनविरुद्ध विप्लव सडकमा



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन् ।

नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।

माइतीघरमा प्रदर्शन भइरहँदा सिंहदरबारमा भने अर्थमन्त्री डा.प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।