दाङमा बाघले १३ वटा बाख्रा मार्‍यो

दाङमा बाघले १३ वटा बाख्रा मार्‍यो


ग्लोब नेपाल
0
Shares

दाङ । जंगली बाघले दाङको बबईमा तेह्र वटा बाख्रा मारेको छ । बबई गाउँपालिका वडा नम्बर २ जहरेबासका छबिलाल खत्रीका तेह्र बाख्रा मारेको हो । जंगलमा बाख्रा चराउन गएको समयमा बाघले मारेको हो ।

खत्रीले भदौँ १२ गते स्थानीय सुवाखोरे सामुदायिक बनक्षेत्रमा चरणका लागि लग्नुभएको थियो । बाघले मारेका १३ वटा बाख्रामध्ये ९ वटा मरेको अवस्थामा फेला परेको र बाँकी ४ वटा फेला नपरेको खत्रीले जानकारी दिए ।

खत्रीले बिगत केही बर्षदेखि टीकादेबी बाख्रा फर्म दर्ता गरेर ब्यवसाय गर्दै आएका थिए । १३ वटामध्ये २ वटा बेलन बोका पनि बाघले मारेको खत्रीले जानकारी दिए ।

एकैपटकमा बाघले धेरै बाख्रा र बोका मारेपछि खत्री चिन्तित छन् । एकै पटकमा बाघले बाख्रा मारेपछि लाखौँको घाटा भएको छ ।