अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ : माधव नेपाल

अमेरिकाले व्याख्यात्मक घोषणा मान्नुपर्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसीको १२ बुँदे घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले देशको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने बताए ।

एमसीसी सम्झौता गर्दा नै त्यही विषयलाई विचार गरिएको बताउँदै अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणालाई सकारात्मक रुपमा लिनुपर्ने बताए । एसमीसीलाई कुनै सैनिक सुरक्षासँग जोड्न नहुने उनको भनाइ छ ।

“व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आज बिहान एमसीसीको पुरानो डकुमेन्ट हेरेँ । अमेरिकी दूतावासले जारी गरेको प्रतिक्रिया सुनेँ,” नेपालले भने, “एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन ।”

उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुने पनि बताए ।