काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।
चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै उनले कुटनैतिक तबरबाट हल गर्ने बताए ।
‘चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ’, उनले भने, ‘चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जारी गराइसको जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’
नेपालको प्रतिनिधिसभाले २०७७ जेठमा सर्वसम्मत रुपमा चुच्चे नक्सा जारी गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राखिएको त्यस नक्सालाई मान्यता नदिएर चीनले नेपालको पुरानै भूभाग देखिने गरी नक्सा निर्माण गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड बेइजिङ भ्रमणमा जाने तयारी गरेकाले यसबार उहीँ गएर अडान राख्ने तयारी भएको प्रधामन्त्रीको सचिवालयले बताएकाे छ । चीनको नक्साबारे अहिले केही प्रतिक्रिया जनाइहाल्ने भन्दा पनि उतै पुगेर आफ्ना अडान चीन समक्ष प्रस्तुत गर्ने प्रधानमन्त्रीको तयारी रहेकाे छ ।
प्रतिक्रिया