सभापति देउवाले गरे १५ विभाग प्रमुख मनोनयन

सभापति देउवाले गरे १५ विभाग प्रमुख मनोनयन


ग्लोब नेपाल
837
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा केन्द्रीय विभाग प्रमुख मनोनयन गरेका छन । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम विभागका प्रमुख मनोनयन गरेका छन ।

सभापति देउवाले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभाग प्रमुख, ,पुष्पा भुसाल महिलालाई विभाग प्रमुख, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग प्रमुख, किरण यादवलाई तराई—मधेश समन्वय विभाग प्रमुख र योगेन्द्र चौधरीलाई थारु विभाग प्रमुखमा मनोनयन गरेका छन् ।

सभापति देउवाले गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय विभाग प्रमुख, आङ्गेलु शेर्पालाई पर्यटन विभाग प्रमुख, डा. रणबहादुर रावललाई गैर सरकारी संस्था समन्वय विभाग प्रमुख, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग, प्रमुख र प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख तोकेका छन ।

यसै गरी सभापति देउवाले रंगमति शाहीलाई पिछडिएको क्षेत्र विभाग, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग र सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुख मनोनयन गरेकाे राष्ट्रिय सभा सदस्य एवं पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।