एनएमबि बैंकको डेबिट कार्ड प्रयोग गर्दा क्यास ब्याक अफर

एनएमबि बैंकको डेबिट कार्ड प्रयोग गर्दा क्यास ब्याक अफर



काठमाडौँ । एनएमबि बैंकले डेबिट कार्डमा रु. १०० क्यासब्याक अफर घोषणा गरेको छ ।

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (POS) मार्फत कारोबार गर्दा रु. १०० क्यासब्याक पाउनेछन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।