बालेनले हटाए ‘सिंहदरबारमा आगो लगाइदिने’ स्टाटस

बालेनले हटाए ‘सिंहदरबारमा आगो लगाइदिने’ स्टाटस


ग्लोब नेपाल
378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले ‘सिंहदरबार आगो लगाइदिने’ भन्दै शनिबार राति लेखेको स्टाटस हटाएका छन्। उनको नामको फेसबुक र ट्वीटर दुवैमा उक्त स्टाटस देखिदैन ।

मेयर साहले सोमवार सामाजिक सञ्जालबाट सो स्टाटस हटाएका हुन्। शनिबार राति ९ बजेर २१ मिनेट जाँदा उनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उनकी श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरी रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए। सिंहदरबारमा आगो लगाउने र ‘चोर सरकार’ जस्ता शब्द चयन र आक्रोशपूर्ण अभिव्यक्तिको सामाजिक सञ्जालमा प्रयोगकर्ताले चर्को आलोचना गरेका थिए । उनको व्यक्तिगत विषयमा सिंहदरबार र सरकारलाई लल्कारेपछि बालेनको चौतर्फी आलोचना भएको थियो ।