काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका हुन् ।
‘चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । अरु देशलाई साथी बनाउन सकिन्छ तर छिमेकी बनाउन सकिँदैन । भारत र चीन नेपालका सधैंका छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो,’ उनले भने ।
सभापति देउवाले सरकार र ब्युरोक्रेसीबीच एकापसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए ।
प्रतिक्रिया