प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले बोलाएपछि ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको सिंहदरबार स्रोतले बताएकाे छ ।

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको बारेमा पनि छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच झन्डै एक घन्टा छलफल चलेको थियाे ।