नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुन सकेको छैन ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ । समूह ‘ए’ मा युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।