टि-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता

टि-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता



काठमाडौं । आईसीसी वुमेन्स टि-२० विश्वकप छनोटमा नेपाल र यूएईबीच हुनुपर्ने खेल बुधबार वर्षाले बिथोलिएको छ । मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ को खेल लगातारको वर्षाले टस पनि सम्भव भएन ।

यो स्थितिमा यूएई यो समूहको विजेता बन्यो भने नेपाल उपविजेतामै सीमित रह्यो । दुवै टिम लिग चरणमा अपराजित रहेका थिए र यो खेल सम्भव भएको भए नेपालसामु समूह जित्ने अवसर थियो ।

दुवै टिम समान नौ अंकमा रहे । यूएई नेट रन रेटको आधारमा शीर्षमा रहेको हो । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वीबारे भने निर्णय हुन बाँकी छ । समूह ‘बी’ मा हङकङ र थाइल्यान्ड शीर्ष स्थानमा छन् ।