किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा : परराष्ट्रमन्त्री साउद

किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेन्डा : परराष्ट्रमन्त्री साउद



संखुवासभा । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको असोज पहिलो साता हुने चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषय प्राथमकितामा रहेको बताएका छन् ।

बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले किमाथांका नाका खुलाउने विषय प्रधानमन्त्रीको भ्रमणको प्रमुख एजेन्डा हुने बताएका हुन् ।

त्यस्तै भ्रमणमा सडक स्तरोन्नति, किमाथांका विद्युत् परियोजना र ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीनसँग प्रस्ताव गरिने मन्त्री साउदले बताए ।

लामो समयदेखि नाका बन्द हुँदा स्थानीयहरू मारमा परेको आफूलाई जानकारी रहेको पनि उनको भनाइ छ । कारोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो । नाका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाादबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको छ ।