नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक पुरूषले पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।

यादवकाे अहिले ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।