मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । मन्त्रिपरिषद् आकस्मिक बैठक आज अपराह्न ३ बस्दै छ । बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्न सक्ने बताइएकाे छ ।

विधेयक समितिमा दफावार छलफल सकिएकाे छ । आज हुने छलफलमा थप टुङ्गिन बाँकी एकआध विषयमा छलफल गरेर समितिले आज मन्त्रिपरिषदमा पठाउन सक्ने र मन्त्रिपरिषद्ले संघीय संसदमा पठाउने निर्णय हुन सक्ने बताइएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट सङ्घीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने यसअघि नै बताएका थिए ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ । यस अघिसमेत सङ्घीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।