एनआईसी एशिया बैंकको ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक

एनआईसी एशिया बैंकको ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक



काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग (MoBank) ग्राहकहरुका लागि “Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग (MoBank) एप प्रयोग गरी connectIPS मार्फत Fund Transfer गर्दा १ थान स्मार्टफोन जित्न सकिने छ ।

Fund Transfer गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा (MoBank) एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको Fund Transfer अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी Fund Transfer गर्दा connectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।

याे अफर भाद्र १७ देखि असोज २०, २०८० सम्म लागु हुने छ । हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत एकजना ग्राहकलाई विजेता घोषणा गरिने छ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।