विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनको शपथ केहीबेरमा हुनेछ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।
३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्रीपरिष विस्तारको तयारी भएको छ । मुख्यमन्त्री कार्कीले थप १ मन्त्री र राज्यमन्त्री नियुक्ति गरि मन्त्री परिषद विस्तारको तयारी गरेका हुन ।
मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन ।
मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन ।
कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् ।
त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री हुने भएकी छन् ।
अहिले सपथ ग्रहणको तयारी भइरहेको छ ।
प्रतिक्रिया