चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीद्वारा छलफल सुरू

चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीद्वारा छलफल सुरू


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका विषयमा छलफल विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन सर्वदलीय बैठक बोलाएको बताइएको छ ।