चार जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा

चार जिल्लाका सिडिओसहित १० सहसचिवको सरुवा


ग्लोब नेपाल
540
Shares

काठमाडौं । सरकारले चार जिल्लाका सिडियोसहित १० सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रालय अन्तरगतका सहसचिव र दाङ, बाग्लुङ, भक्तपुर, महोत्तरी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौँको महानिर्देशक बनाई पठाइएको छ भने सो प्राधिकरणमा गृहका सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।

सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओमा खटाइएको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ।

सिडिओका रूपमा कार्यरत सहसचिवहरू भरतमणि पाण्डे, दीपक कुमार पहाडी र खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ।