भक्तपुरको स्कुलमा मनाइयो बुबाको मुख हेर्ने कार्यक्रम

भक्तपुरको स्कुलमा मनाइयो बुबाको मुख हेर्ने कार्यक्रम


ग्लोब नेपाल
54
Shares

भक्तपुर । आ-आफना बुबाको सम्मानमा बुधबार भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुबाको मुख हेर्ने कार्यक्रम गरेका छन् ।

एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा २ का विद्यार्थीको आयोजनामा बुबाको सम्मानमा बुबाको मुख हेर्ने कार्यक्रम मनाइएकाे हाे ।

कार्यक्रममा स्कुलमा कक्षा २ को मकालु, कञ्चनजंगा र धौलागिरी गरी तीन सेक्सनका विद्यार्थीहरुले बुबाहरुलाई स्टेजमा बोलाएर सम्मान गरेका थिए । एउटा सेक्सनमा रहेका सवै विद्यार्थी स्टेजमा पुगेर स्टेजमै पुगेका विद्यार्थीका अभिभावकहरुलाई आआफूले सम्मान गरेका हुन् । विद्यार्थीले टिका लगाइदिएर, फूलमाला लगाई आआफूले बनाएको कार्ड आआफना बुबालाई दिएका थिए ।

यो पटक १२ औं बुबाको मुख हेर्ने दिनको अवसरमा कार्यक्रम गरेको स्कुलले जनाएको छ । यसअघि स्कुलले कक्षा २ का विद्यार्थीका अभिभावकलाई नियमन्त्रा दिइएको थियो । अभिभाबक नपुगेका विद्यार्थीहरुले प्रिन्सिपल भक्त राजभण्डारीलाई पूजा गरेका थिए ।