नेकपा एसको केन्द्रीय सदस्यमा २१ जना मनोनीत (सूचीसहित)

नेकपा एसको केन्द्रीय सदस्यमा २१ जना मनोनीत (सूचीसहित)



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै २१ जना केन्द्रीय सदस्य थप गरेको जानकारी गराएको हो ।

पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।

केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ ।

अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला-विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

मनोनित सदस्यहरु :

१. अजबहादुर मल्ल — बाजुरा

२. ओमचरण अमात्य — भक्ततपुर

३. गौतम राई — काठमाडौँ

४. गोविन्द चेपाङ —मकवानपुर

५. चन्द्रा श्रेष्ठ — झापा

६. चिरञ्जीवी भट्टराई —सुनसरी

७. जयप्रकाश यादव — बारा

८. दिपक केसी — काठमाडौँ

९. धनबहादुर कार्की — दोलखा

१०. धर्म शाही — मुगु

११. नन्द बञ्जाडे — काठमाडौं

१२. बरुनाथ योगी — दैलेख

१३. बैकुण्ठ भुसाल —पर्बत

१४. भक्तिमान सुब्बा— पाँचथर

१५. मिना लामा —मकवानपुर

१६. रामप्रसाद ढुङाना — काठमाडौँ

१७. लंक हमाल — कपिलवस्तु

१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल— काठमाडौँ

२०. शैलेन्द्र उपाध्याय— रूपन्देही

२१. सुदेश पराजुली — काठमाडौँ