लाभांश वितरण गर्दै एनआईसी एशिया, बाेनश शेयर कति ?

लाभांश वितरण गर्दै एनआईसी एशिया, बाेनश शेयर कति ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको ६२९औं बैठक २०८०/०५/२८ गते सम्पन्न भएकाे छ । बैंककाे बैठककाे निर्णयानुसार यस बैंकको आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको छ ।

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् शेयरधनीहरूलाई वितरण गरिने छ ।