काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन ।
प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा जानकारी गराउने छन् । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनले अहिले केहिबेरमा सुरू हुने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नेछन ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन । उनीले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया