भक्तपुरमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु

भक्तपुरमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु


ग्लोब नेपाल
162
Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ ।

स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ ।