निर्माण व्यवसायी संघ धादिङमा निर्विरोध

निर्माण व्यवसायी संघ धादिङमा निर्विरोध


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघ धादिङको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट राजेन्द्र अधिकारीको अध्यक्षमा कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा केशव सिलवाल, द्वितीय उपाध्यक्षमा बासुदेव जमरकेटल निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल, कोषाध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् भने सदस्यहरुमा नवराज नेपाल, बालकृष्ण श्रेष्ठ, ऋषि खतिवडा, माधवसिंह गोथेर मगर, जयराम रिमाल, राजकुमार अधिकारी, युनियन बन्जरा, चेतना थापा, संगीता सुवेदी, रामकृष्ण बतोला र रामप्रसाद ढकाल निर्वाचित भएका छन् ।