ह्याम युनाइटेविरुद्ध सिटीको जीत

ह्याम युनाइटेविरुद्ध सिटीको जीत


ग्लोब नेपाल
54
Shares

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेविरुद्ध पुनरागमन जित हात पारेको छ । वेस्ट ह्यामविरुद्ध ३–१ को नतिजा निकाल्दै अपराजित सिटीले लिगमा लगातार पाँचौं जित दर्ता गरेको हो । लन्डन रंगशालामा साविक विजेता सिटीलाई जित दिलाउन जेरिमी डोकु, बर्नार्डो सिल्भा र एर्लिङ हाल्यान्डले एक–एक गोल गरे ।

३६ औं मिनेटमा जेम्स वार्ड–प्राउसको गोलमार्फत घरेलु टोली वेस्ट ह्यामले अग्रता लिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमै डोकुले सिटीलाई बराबरीमा ल्याए । ७६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–१ ले अगाडि बढाए । त्यसको १० मिनेपछि हाल्यान्डले गोल गर्दा सिटी ३–१ ले विजयी भयो ।

जितसँगै पाँच खेममा १५ अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।

लिग अन्तर्गतका अन्य खेलमा फुलहमले लुटन टाउनलाई १–०, टोटनहमले सेफिल्ड युनाइटेडलाई २–१, तथा लिभरपुलले उल्भसलाई ब्राइटनले म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई समान ३–१ ले पराजित गरे ।