यतीले शुरु गर्‍यो पोखराका लागि रात्रि उडान

यतीले शुरु गर्‍यो पोखराका लागि रात्रि उडान



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाईन्सले रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । यो उडान आजैबाट लागू हुने र त्यहि अनुसार तालिका बनाएको एअरलाईन्सले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यतीले आजबाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ : ३० बजे उडान नँ एनवाईटि ६८३ र पोखराबाट साँझ ६:२० बजे उडान नँ एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समयभन्दा पछाडी उडान संख्या थप हुँदै जाने यतीले जनाएको छ । आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्यासमेत हट्ने प्रवक्ता बर्तौलाले बताए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।